कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

रमेशकुमार पौडेल

भरतपुर — चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनकाे 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ ।

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए। ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो।



उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ। उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो। कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो।


‘उनी पहिलेदेखि नै लुपुस नामक रोगले पीडित रहेछन्। यसपाली ज्वरो र निमोनिया पनि देखिएपछि यहाँ ल्याइएको थियो,’ कोरोना नियन्त्रण कार्यदलका सदश्यसचिव डा. भोजराज अधिकारीले भने। डा. अधिकारीले ती युवकको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौं पठाइएको बताए।


टेकु अस्पताल स्रोतले परीक्षणको नतिजा आउन केही समय लाग्ने बताएको छ । युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ।


प्रकाशित : चैत्र ११, २०७६ १२:२२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लकडाउनको अवज्ञा गर्ने २ जना पक्राउ

सन्जु पौडेल

रुपन्देही — सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरी बजारमा होहल्ला गर्दै हिँड्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुटवलको राजमार्ग चौराहाबाट नियन्त्रणमा लिइएको  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।

‘मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा हल्ला गर्दै हिँडेको भेटियो’, उनले भने, ‘बुटवलकै वर्ष ३३ का हेमन्त घिमिरे र वर्ष ४५ का नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएका हौं।’ संवेदनशील अवस्थामा हल्ला गर्दै हिँडेकाले पक्राउ गरेको उनले बताए।
उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित : चैत्र ११, २०७६ १२:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×