कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक कोरोना रोकथाम कोषमा उपलब्ध गराउने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका संघीय संसद्‍मा रहेका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्‍ध गराउने भएका छन् । 

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक कोरोना रोकथाम कोषमा उपलब्ध गराउने

कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसका संघीय संसद्‍मा रहेका सांसदहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । कांग्रेसका संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन् ।


त्यस्तै कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण फैलने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको एक हप्ताका लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको बताएको छ । प्रमुख सचेतक खाणले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय पालन गर्न सबैमा आग्रह गरेका छन् ।

लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापनका लागि सहज रुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

विषम परिस्थितिमा सबै एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न कांग्रेसले अपील गरेको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?