कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा पनि देखिए सलह 

माधव अर्याल

पाल्पा — शनिबार बिहान र दिउँसो रुपन्देहीका विभिन्न स्थानमा देखिएका सलह किरा प्रदेश ५ को पहाडी जिल्ला पाल्पामा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै सिद्धबाबा क्षेत्रबाट तिनाउ गाउँपालिकाको दोभान क्षेत्र प्रवेश गरेको स्मार्ट कृषि भिलेज तिनाउ–२, झ्याङ्लाका अध्यक्ष चोपलाल गिरीले बताए ।

पाल्पामा पनि देखिए सलह 

उनका अनुसार बगाहा, गणेश टोल, खुर्साने, झुम्सालगायत तिनाउका विभिन्न क्षेत्रमा सलह प्रवेश गरेको छ । सलह भगाउन स्थानीयले आगो बालेर धुँवा निकाल्ने, टिन, थाल ठटाउने गरेका छन् । तिनाउ दोभानका तोया लम्सालका अनुसार सलह उडिरहेका छन् र जिल्लाको माथिल्लो भागमा प्रवेश गरेका छन् ।

विज्ञहरुले दक्षिणबाट उत्तरतिर हावाको बहावसँगै सलह आएको बताएका छन् । हावाको यही बहावले तराई क्षेत्रबाट सलहलाई पहाडतिर पुर्‍याएको पनि उनीहरुले बताएका छन् ।

जंगलका साथै कृषकको मकै बारीमा नोक्सान पुर्‍याएको स्थानीयले बताए । हुलका हुल प्रवेश गरेको सलह ठूलो संख्यामा रहेको देखिएको तिनाउ–५, चर्चरे नयाँ बस्तीका सुन्दर गाहाले बताए । उनका अनुसार सलह नै भएकाले सबैलाई सचेत हुन आग्रह गरिएको छ । किसानको मकै बारीमा बस्ने, फलफुल, तरकारी, विभिन्न विरुवा जोगाउने विभिन्न उपाय अपनाएका छन् ।


प्रकाशित : असार १३, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?