सलह

प्रतिकूल मौसमले हराउँदै सलह

एक साताअघिदेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गाह्रो हुने भन्दै चिन्ता बढाउने सलह हराउँदै गएका छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

अनुकूल वातावरण नभएपछि नेपाल प्रवेश गरेका सलह हराए

भारतबाट नेपाल प्रवेश गरेको सलहको झुन्ड हराउँदै गएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । करिब ८० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको थियो ।

म्याग्दीको धौलागिरी गाउँपालिकामा पनि देखिए सलह

हावाको बहावसँगै दक्षिणबाट उत्तरतिर आएका सलहको एउटा झुण्ड म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकामा पनि देखएको छ । सानो संख्यामा सलह मुस्ताङ पनि पुगेको छ ।

३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएका हुन् ।

रुपन्देही र डडेलधुरामा सलहको नयाँ झुन्ड

रुपन्देहीमा  र डडेल्धुरामा सलहको नयाँ झुन्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सुचना अधिकारी रामकृष्ण सुवेदीका सोमबार करिब ४ बजेतिर प्रवेश गरेका झुन्ड ठूलो रहेको बताए ।

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं आयो

भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।

नेपाल प्रवेश गरेको सलहको झुन्ड भारत नै फर्किन सक्छ ?

शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो ।

नेपाल प्रवेश गरेका सलहका झुन्डको 'ट्रेसिङ' गरिँदै

सलहको झुन्डहरु देखिने र हराउने गर्न थालेपछि किट वैज्ञानिकहरु झुन्डको ट्रेसिङ गर्न थालेका छन् । आइतबार अचानक कपिलवस्तुको तैलिहावामा देखिएको सलहको झुन्ड कता गयो भन्‍ने विषयमा खोजी गर्न किट विज्ञहरु लागेका छन् ।

कपिलवस्तुमा देखियो सलहको नयाँ झुन्ड

कपिलवस्तुमा सलहको अर्को नयाँ झुण्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको छ ।

सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् । उनले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिए ।

स-साना झुन्डमा फैलँदै सलह

प्रदेश ५ मा शनिबार रूपन्देही, कपिलवस्तु र पाल्पामा देखिएको सलह आइतबार पश्चिम नवलपरासी, अर्घाखाँची र दाङमा पुगेको छ । गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिएको छ ।

सलह नियन्त्रणमा अलमल

करिब दुई दर्जन जिल्लामा सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार अझै अलमलमा देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह प्राय: ५० देखि सय वटाको समूहमा देखिएको छ । ‘ठूलो झुन्ड नभए पनि सलहको विस्तार बढ्दै गएको छ,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने ।

सलह नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाउँछौं : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् ।

सानो झुन्डको सलह नियन्त्रणमा रासायनिक विषादी प्रयोग नगर्न विज्ञको आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह नियन्त्रणका लागि रसायनिक विषादी प्रयोग गर्ने निर्णय गरेपछि विज्ञहरुले आपत्ति जनाउँदै सानो झुन्ड आएकै भरमा रसायन प्रयोग गर्न नहुने बताएका छन् ।

सलह बास बसेपछि तिनाउ झ्याङलाका किसान चिन्तित

भारत हुँदै शनिबार बिहान रुपन्देही आएका सलह मध्यान्हपछि पाल्पा पुगे । दक्षिणबाट उत्तरतिर बगिरहेको हावाको बहाबसँगै आएको सलहको हुल पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङला क्षेत्रमा बास बसेर किसानलाई सताएको छ । 

एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने

एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने भएको छ । प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले सलह किरा २५ रुपैयाँ किलोको दरमा खरिद गर्ने भएको हो ।

सलहको झुण्ड खोज्दै निर्देशनालयका कर्मचारी गाउँगाउँमा

नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ कृषि विकास निर्देशनालयका कर्मचारी तथा जिल्लास्थित कृषि अनुसन्धान केन्द्रका कर्मचारी सलहको झुण्ड खोज्दै गाउँ–गाउँ पुगेका छन् ।

विज्ञ भन्छन् : भारतबाट सलहको ४ वटा झुन्ड नेपाल प्रवेश गरेको हो

भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् । कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । 

सलह नियन्त्रण गर्न तत्काल एक्सनमा जाने निर्णय : दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सराेकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह राेकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् । उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकामै भित्रियो सलह, विज्ञ भन्छन्– ‘झुन्ड सानाे छ, आत्तिनुपर्दैन’

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

नेपाल पसेका सलहले कति क्षति पुर्‍याउलान् ?

सरकारी अधिकारी र विज्ञहरूको अनुमानविपरीत सलह नेपाल भित्रिएको छ । भारतको पन्जाब, हरियाणा, राजस्थान र गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा गत महिनामै देखा परेको सलह शनिबार नेपालमा देखा परेको हो । केही समयअघि बिहार क्षेत्रमा पनि सलहले विनाश निम्त्याउन सुरु गरेको थियो । त्यसअघि पाकिस्तानमा विनाश गरेको थियो ।

सलह पसेपछि बल्ल नियन्त्रण योजना !

विनाशकारी सलह नेपाल भित्रिए पनि नियन्त्रण गर्ने योजना बनिसकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रणनीति तय गर्न आइतबार छलफल गर्दै छ । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह भित्रिएपछि संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त संवाद र सहकार्य भइरहेको दाबी गरे । उनका अनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ ।

अन्‍न भण्डारमा छिर्‍यो सलह

मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो । सलह भेटिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ ।