कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रुपन्देहीमा पनि देखियो सलह

अमृता अनमोल

बुटवल — शनिबार प्रदेश २ मा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो । 

रुपन्देहीमा पनि देखियो सलह

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए । ‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’

उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए । ‘कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषि विज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौं ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।


प्रकाशित : असार १३, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?