मकवानपुरमा ११ प्रहरीसहित १६ जनामा कोरोना पुष्टि

भाद्र १, २०७७

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्नेहरु रहेको बताइएको छ ।

हेटौंडा–४ कर्रा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले दिएको जानकारी अनुसार विभिन्न प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो । उनका अनुसार चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीमा कोरोना पाेजिटिभ देखिएकाे हाे ।

उनीहरु सबैको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully