कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकाका सडकमा कडाइ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाको ट्राफिक प्रहरीले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा कडाइ गर्न थालेको छ । ट्राफिक प्रहरीले उपत्यका भित्रने नाकाहरुमा रहेका चेक प्वाइन्टहरुमा कडाइ गरेको हो । काठमाडौं भित्रने एम्बुलेन्स र खाद्यान्न ढुवानी गर्ने सवारी साधन बाहेकलाई प्रवेश निषेध गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना संक्रमितहरु बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि विभिन्न किसिमका नियमहरु समेत लागू गरेका छन् ।


प्रकाशित : भाद्र १, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्