रास्वपाको बन्दसत्र सुरू

सभापति रवि लामिछानेले घण्टी बजाएर बन्द सत्रको सुरुवात गरेका हुन् ।

असार ९, २०८३

रमेशकुमार पौडेल

RSVP's closed session begins

काठमाडौँ — सोमबारदेखि रोकिएको रास्वपाको बन्दसत्र सुरु भएको छ । रास्वपाका शीर्ष नेताहरू बन्दसत्र हुने हलमा पुगीसकेका छन् । 

पार्टी सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायतका नेताहरू मञ्चमा देखिन्छन् । सभापति लामिछानेले घण्टी बजाएर बन्द सत्रको सुरुवात गरेका हुन् । बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिएका छैनन् । प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेश गर्नुअघि हलमा आइसक्ने बताइएको छ । 

बन्द सत्रमा बोल्दै सभापति लामिछानेले भने, 'हामीले देखेका सपनाहरूलाई आधिकारिकता दिने यो अवसर हो ।' उनले विशेष परिस्थितिमा दल स्थापना भएको बताउँदै आफूहरूलाई नागरिकले विश्वास गरेको बताए । उनले भने, 'सफलताको गीत गाउने हैन, परिणाममा बदल्ने बेला आएको छ ।' 

सभापति लामिछानेले अधिवेशन लम्बिएका कारण प्रतिनिधिको ५ हजार शुल्क ऐच्छिक गरिएको बताए । उनले भने, 'नाम टिप्दै अस्वस्थ तरिकाले गुट नबनाउनुहोला । पार्टीले मात्रै होइन हामीलाई ५२ लाख मतदाताले पनि हेरिरहेका छन् ।' 

रास्वपा महाधिवेशन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully