महाधिवेशन प्रतिनिधिलाई आज अस्थायी परिचयपत्र

महाधिवेशन प्रतिनिधिको व्यक्तिगत डिजिटल परिचयपत्र छपाइमा ढिलाइ भएपछि अस्थायी परिचयपत्रको व्यवस्था गरिएको महामन्त्री कर्विन्द्र बुर्लाकोटीले बताए।

असार ९, २०८३

गौरव पोखरेल

Temporary identity cards issued to general convention delegates today

काठमाडौँ — रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी हुने प्रतिनिधिलाई सोमबार अस्थायी परिचयपत्र (कुपन) दिएर दर्ता गराइने भएको छ।

महाधिवेशन प्रतिनिधिको व्यक्तिगत डिजिटल परिचयपत्र छपाइमा ढिलाइ भएपछि अस्थायी परिचयपत्रको व्यवस्था गरिएको महामन्त्री कर्विन्द्र बुर्लाकोटीले बताए। उनका अनुसार सभापति, पदाधिकारी, निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिसँगको परामर्शपछि प्रतिनिधि दर्ताका लागि अस्थायी परिचयपत्र प्रयोग गर्ने निर्णय गरिएको हो। यसअनुसार बिहान १० बजेदेखि प्रतिनिधि दर्ता सुरु भएको छ।

बन्दसत्र भने पूर्वनिर्धारित कार्यक्रमअनुसार दिउँसो १ः४५ बजे सोही स्थलमा सुरु हुने उनले बताए। 

महाधिवेशन प्रतिनिधिको सूचीमा विवाद भएपछि सोमबार बन्दसत्र सुरु हुन सकेको थिएन।

रास्वपा महाधिवेशन

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully