कान्तिपुरसँग कुरा गर्दै रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका कामहरु साँझसम्म सकिने र मतदानको काम पनि आजै सुरु हुने जानकारी दिएका हुन् ।
काठमाडौँ — आइतबारदेखि चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य (पहिलो चरणमा ९९ जना)को मतदान आजै हुने भएको छ ।
कान्तिपुरसँग कुरा गर्दै रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका कामहरु साँझसम्म सकिने र मतदानको काम पनि आजै सुरु हुने जानकारी दिएका हुन् ।
उनले भने, ‘बन्दसत्रको प्रतिवेदन सत्रपछि निर्वाचन आयोगलाई हस्तान्तरण हुन्छ । आज बेलुका नै मतदानको काम सुरु हुने सम्भावना छ । उम्मेदवारी दर्ता, दाबी विरोध, मतदाता नामवली लगायतका काम बेलुकासम्म सकिने छन् ।’
यस्तै प्रतिनिधिमा देखिएको विवाद राति नै सकिएको उनले जानकारी दिए । राति ३ बजेसम्म बसेर प्रतिनिधिमा देखिएका समस्याहरु समाधान गरिएको उनको भनाइ छ ।
यस्तै महाधिवेशनको कार्यतालिकामा भने कुनै फेरबदल नभएको तर समय भने बदलिने उनले जानकारी दिए । केही समयमा प्रतिनिधिहरुको दर्ता प्रक्रिया सुरु हुनेछ । उनका अनुसार प्रतिनिधिहरुको दर्ता प्रक्रिया सकिएको आधा घन्टामै बन्दसत्र सुरु हुनेछ । प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी भने व्यवस्थापन उपसमितिले प्रदेशलाई दिइएको छ ।
