प्रधानमन्त्री समस्याभन्दा माथि उठेर समाधान खोज्नुहुन्छ : सीके राउत
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउनले प्रधानमन्त्री वालेन्द्र शाहले समस्याभन्दा माथि उठेर समाधान खोज्ने गरेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिंदै राउतले रास्वपाका नेता तथा कार्यकर्ता देश विकासका लागि सपना देखेर आएको बताए ।
‘प्रधानमन्त्री समस्याभन्दा माथि उठेर समाधान खोज्नुहुन्छ । प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, स्टाइलिस देखिनु भएको छ’ उनले भने, ‘कुनै दिन विपक्षीहरूले कालो ड्रेस लगाउन रोक्ने विधेयक ल्याउन माग गर्न सक्छन् ।’
उनले आफू सहयात्री र सहयोगीका रूपमा महाधिवेशनमा उपस्थित भएको उल्लेख गरे । ‘महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो,’ उनले भने, ‘देश विकासका लागि अघि बढ्नोस् शुभकामना । तपाईं जुन आन्दोलनबाट उदय हुनु भएको छ, सहिदको सपना कहिलै नबिर्सिनु होला ।’
