रास्वपा महाधिवेशनमा मोही

रास्वपा केन्द्रीय सदस्य तथा आवास र भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले गर्मीयाममा चितवनमा मोही पिउने चलन रहेको र महाधिवेशनका सहभागीलाई पनि मोहीको प्रबन्ध गरेको बताए ।

असार ७, २०८३

रमेशकुमार पौडेल

Mohi at the RSP general convention

चितवन — गर्मी अत्यधिक रहेको चितवन सदरमुकाम भरतपुरमा आज आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सुरू हुँदैछ ।

महाधिवेशनका सहभागीले गर्मीमा तिर्खा मेटाउन चितवनको मोही पिउन पाउने छन् । महाधिवेशन उद्घाटनस्थल भरतपुर गेष्ट हाउस चौरमा दुग्ध विकास संस्थान (डिडिसी) र जिल्लाका दुग्ध सहकारीले स्टल राखेर दही मोही बेचिरहेका छन् । महाधिवेशनको उद्घाटन आज दिउँसो हुँदैछ । 

Mohi at the RSP general convention

रास्वपा केन्द्रीय सदस्य तथा आवास र भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले गर्मीयाममा चितवनमा मोही पिउने चलन रहेको र महाधिवेशनका सहभागीलाई पनि मोहीको प्रबन्ध गरेको बताए । 

Mohi at the RSP general convention

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिका अध्यक्ष किशोर बगालेले आजका लागि विभिन्न सहकारीबाट ७/८ हजार लिटर मोही खपत हुने बताए । दही मथेपछि बाँकी रहने तरल पदार्थ मोही पछिल्लो समय चितवनका दुग्ध सहकारीहरूले बोतलमा प्याक गरि बजारमा बेच्दै आएका छन् । 

गर्मीमा मोही पिउने चलन चितवनमा बढ्दो छ । आज उद्घाटन हुने रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्र भरतपुरकै चितवन उद्योग संघको औैद्योगिक प्रदर्शनी केन्द्रमा हुने छ । नयाँ नेतृत्व चयन गर्दै मंगलबार महाधिवेशन सकिने छ ।

रास्वपा महाधिवेशन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully