रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन आइपुगे प्रधानमन्त्री

रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाह र सभापति रवि लामिछानेले आज भरतपुर गेस्ट हाउस चौरमा महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

असार ७, २०८३

रमेशकुमार पौडेल

Prime Minister arrives in Chitwan to attend RSPB general convention

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह ११ बजे भरतपुर आइपुगेका छन् । प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेता पनि हुन् ।

प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले आज दिउँसो भरतपुर गेस्ट हाउस चौरमा महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । महाधिवेशन पर्सि मंगलबार सकिने कार्यतालिका छ । 

रास्वपा महाधिवेशन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully