रास्वपालाई संविधान संशोधन गर्ने जिम्मेवारी छ : उपेन्द्र यादव 

संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षिता महत्त्वपूर्ण विषय भए पनि अधुरो, अपूर्ण रहेको छ : जसपा अध्यक्ष यादव

असार ७, २०८३

कान्तिपुर संवाददाता

RSP has the responsibility to amend the constitution: Upendra Yadav

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने जिम्मेवारी पूरा गर्न रास्वपालाई आग्रह गरेका छन् ।

आइतबार भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष यादवले संविधान अधुरो रहेको बताएका हुन् ।

‘संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षिता महत्त्वपूर्ण विषय भए पनि अधुरो, अपूर्ण रहेको छ,’ उनले भने, ‘संविधान संशोधन गरी, परिमार्जन गरी, विकृति र विसंगति हटाएर संशोधन गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ ।’

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully