आवश्यक पर्‍यो भने ५ घण्टा मात्र होइन, अख्तियारसँग ५ वर्ष सोधपुछ गर्छौं : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले भने : हाम्रो पार्टी विकासवार्दी पार्टी हो । पुरानो कुरामा निहुँ खोज्ने पार्टी होइन । निहुँ खोज्नु परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भने निहुँ खोज्न जरुरी हुन्छ ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

If necessary, we will interrogate the CIAA for not just 5 hours, but 5 years: Prime Minister Shah

What you should know

काठमाडौँ — प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठका नेता वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएकोबारे स्पष्टीकरण दिएका छन् । भरतपुरमा आइतबार रास्वपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा निहुँ खोज्न आवश्यक रहेको बताएका हुन् । उनले भने,  'हाम्रो पार्टी विकासवार्दी पार्टी हो । पुरानो कुरामा निहुँ खोज्ने पार्टी होइन । निहुँ खोज्नु परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भने निहुँ खोज्न जरुरी हुन्छ ।' 

त्यसपछि उनले अख्तियारसँग ५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्ष पनि सोधपुछ गर्ने बताएका हुन् । 'त्यसका लागि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह गर्नुपर्छ भने हामी ५ वर्ष अख्तियारलाई राखेर सररसल्लाह गर्छौं,' उनले भने ।

राहदानी खरिद ठेक्का अनियमिततासम्बन्धी अनुसन्धानमा संवैधानिक निकाय अख्तियारले लामो समयसम्म तीव्रता नदिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाब दिएका थिए । 

प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई ‘छलफलका लागि’ भन्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलायो । अधिकारीहरूका अनुसार बैठकको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएको अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धानबारे छलफल गर्नु थियो । 

यो विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले आयोगका केही अधिकारीहरूसँग संवैधानिक निकायले गरिरहेको अनुसन्धानबारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आन्तरिक छलफल गरेका थिए । तर दबाब आएपछि राई केही कर्मचारीहरूसहित प्रधानमन्त्री कार्यालय पुगेका थिए । 

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully