विगतमा नेताहरूको अहंकारबीच टकराव भयो, व्यक्तिबीच टकराव भयो । जसको कारणले दुर्घटना भयो : गगन थापा
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले विगतमा पुराना दल जनमतको उन्माद लागेका कारण दुर्घटनामा परेको बताए । भरतपुरमा आइतबार रास्वपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाले पाएको जनमत लोभलाग्दो भएको बताएका हुन् ।
'रास्वपाले पाएको जनमत लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु,' उनले भने ।
विगतमा पनि नेपालका राजनीतिक दलले ठूलो जनमत प्राप्त गरेको उल्लेख गर्दै थापाले भने, 'नेताहरूको अहंकारबीच टकराव भयो, व्यक्तिबीच टकराव भयो । जसको कारणले दुर्घटना भयो । जनमतले यसरी बुझियो जनमतले शक्ति दियो, शक्तिको सीमा हुन्छ भनेर बुझिएन । त्यसले सत्ताको उन्मादमा चढायो, जसका कारण हामी हामीले अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौँ । जसका कारण जनमत दुर्घटनामा पर्यो । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् ।'
