सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा विजयी

थापाले ५७ हजार ३ सय ४८ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् ।

फाल्गुन २४, २०८२

अर्जुन सुवेदी

Lal Bikram Thapa of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Sunsari-2.

सुनसरी — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालविक्रम थापा विजयी भएका छन् ।

थापाले ५७ हजार ३ सय ४८ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी  कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् ।

कोइरालाले १६ हजार ७१ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३ सय ३ मत ल्याएका छन् भने श्रम संस्कृती पार्टीका चेतन राईले ७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९ सय १० मतदाता रहेका छन्। जसमध्ये १ लाख १ हजार ४ मत खसेको थियो। जसमध्ये ६ हजार २ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२

अर्जुन

Link copied successfully