रामेछाप-१ मा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी

बुढाथोकीले २४ हजार ८ सय ८ मत ल्याएका हुन्

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Krishnahari Budhathoki of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Ramechhap-1.

काठमाडौँ — रामेछाप-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनी ७ हजार १ सय ९९ सय मतान्तरसहित विजयी भएका हुन् ।

बुढाथोकीले २४ हजार ८ सय ८ मत ल्याउँदा एमालेका माधव प्रसाद ढुंगेलले १७ हजार ६ सय ९ मत ल्याएका छन् । कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत ल्याउँदा नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत ल्याएका हुन् । 

२०७९ मा कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याई विजेता भएका थिए ।

कान्तिपुर

Link copied successfully