भक्तपुर–१ मा नेमकिपाका सुवाल २४ सय मतले पछाडी

सुरुवातदेखि पछाडी परेका सुवाल बिहान ६ बजेको मत गणना गर्दासम्म २४ सय ४५ मतले रास्वपाका उम्मेदबार रुकेश रन्जितसँग पछि परेका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

NEP's Suwal trails by 2,400 votes in Bhaktapur-1.

काठमाडौँ — भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पछि परेका छन् । सुरुवातदेखि पछाडी परेका सुवाल बिहान ६ बजेको मत गणना गर्दासम्म २४ सय ४५ मतले रास्वपाका उम्मेदबार रुकेश रन्जितसँग पछि परेका छन् । रन्जितले २९ हजार २ सय २९ मत पाएका छन् भने सुवालले २६ हजार ७ सय ८३ मत ल्याएका छन् । 

नेपाली कांग्रेसका सोमप्रसाद मिश्र तेस्रो नम्बरमा छन् । उनले ३ हजार ६१ मत ल्याएका छन् । सुवाल उक्त क्षेत्रबाट लगातार जित हात पार्दै आएका थिए । २०७९ सालको निर्वाचनमा सुवालले ३० हजार मतान्तरले निर्वाचन जितेका थिए ।

कान्तिपुर

Link copied successfully