नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल संसद्‍मा

मनिषले ३२ वर्षदेखि एमालेको किल्ला मानिएको क्षेत्रमा सानदार जित हात पारेका छन्

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Manish Khanal, 26, is in Parliament from Nawalparasi East-2.

नवलपरासी पूर्व — पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा रास्वपाका मनिष खनाल फराकिलो मतान्तरले विजयी भएका छन्।

खनालले ३२ वर्षदेखि एमालेले विजय हासिल गर्दै आएको नवलपरासी क्षेत्र नम्बर २ मा आफ्ना प्रतिस्पर्धी एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन्। महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए।

०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनमा मनिष २० वर्षकै उमेरमा सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थिए।

'कानुनका विद्यार्थी भएकाले संसदीय गरिमाको सम्मान गर्ने प्रयास गर्नेछु,' उनले भने। 

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully