झापा-५ मा पछिल्लो मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ — झापा-५ मा पछिल्लो मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६७९४ मत प्राप्त गरेका छन् । उनीहरुबीच झन्डै २० हजार मतको फरक छ ।
यस्तै, कांग्रेसकी मंधरा चिमरियाले ७८६ मत प्राप्त गरेकी छन् भने राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ५५३ मत प्राप्त गरेका छन् ।
