चितवनका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

चितवन-२ को २० हजार ३ सय ३१ मत गणना हुँदा रास्वपाका रवि लामिछानेको १० हजार ८ सय २२ मत आएको छ ।

फाल्गुन २२, २०८२

रमेशकुमार पौडेल

RSP candidates ahead in all three constituencies of Chitwan

चितवन —

तीन निर्वााचन क्षेत्र रहेको चितवनको जारी मतगणनामा तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । चितवन-१ को ८ हजार ९ सय ९२ मत गणना गर्दा रास्वपाका हरि ढकालको ३ हजार ५ सय ३ मत आएको छ । यहाँ एमालेका दावा दोर्जे लामाको २  हजार १ सय ९ मत आएको छ । चितवन-१ मा ९६ हजार १ सय ५४ मत खसेको छ ।

चितवन-२ को २० हजार ३ सय ३१ मत गणना हुँदा रास्वपाका रवि लामिछानेको १० हजार ८ सय २२ मत आएको छ । कांग्रेसकी मिनाकुमारी खरेलको ३  हजार २ सय २७ मत आएको छ । चितवन-२ मा ८७ हजार २ सय २१ मत खसेको छ ।

चितवन-३ को १९ हजार ४५ मत गन्दा रास्वपाकी सोविता गौतमको ९ हजार ८ सय ७९ मत आएको छ । नेकपाकी रेनु दाहालको ५ हजार २ सय ५६ मत आएको छ । चितवन-३ मा १लाख ५३ मत खसेको छ । २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा चितवन-१ र चितवन-२ मा रास्वपाबाट उठेका ढकाल र लामिछाने विजयी भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०८२

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully