काठमाडौँ — अछाम-१ मा नेकपाका भीम रावल अगाडि रहेका छन् । प्रारम्भिक मतपरिणामअनुसार रावल ३६४ मतसहित अग्रस्थानमा छन् ।
त्यस्तै एमालेका दीपकबहादुर साउद २१४ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका भरतकुमार स्वार ४६ मतसहित तेस्रो स्थानमा रहँदा रास्वपाका ओमप्रकाश रावलले २९ भोट ल्याएका छन् ।