झापा-५ मा एमाले अध्यक्ष ओली निकै पछाडि 

पछिल्लो अपडेटअनुसार ओलीले १२४८ मत पाउँदा बालेनले ५२५४ मत पाएका छन्

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

UML Chairman Oli is far behind in Jhapa-5

काठमाडौँ — निकै चासोका साथ हेरिएको झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली निकै पछाडि परेका छन् । अहिलेसम्म ७ हजार ६ सय ५१ मत गन्दा ओलीले १ हजार २ सय ५४ मत पाएका छन् ।

यस क्षेत्रमा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार बालेन्द्र शाह निकै अगाडि रहेका छन् ।

बालेनले ५ हजार २ सय ५४ मत पाएका छन् । श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गरेका छन् । झापा-५ मा कांग्रेसकी मन्धरा चिमरियाले १८५, नेकपाका रञ्जित तामाङले १२९ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाएका छन् । 

कान्तिपुर

Link copied successfully