२ हजार ७ सय ७८ मत गणना हुँदा शाहीले १ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् ।
जुम्ला — एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डाभन्दा झन्डै दोब्बर मतान्तरले अग्रता लिएका छन् ।
कनकासुन्दरी गाउँपालिकाका चार वटा वडामा २ हजार ७ सय ७८ मत गणना हुँदा शाहीले १ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । सुरुवातीमा बराबरको प्रतिस्पर्धामा रहेका भण्डारी भने अहिले दोब्बर मतले पछि परेका छन् । उनले ७३५ मत पाएका छन् । यस्तै तेस्रोमा रहेका कांग्रेसका दीपबहादुर शाहीले ३४० मत पाउँदा एमालेका शान्तिलाल महतले ११० मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतको पक्षमा भने २३ मत परेको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धिताल र जनता दलका रनिल विक्रम शाहीले १/१ मत प्राप्त गरेका छन् । जुम्लाका ११० मतदान केन्द्रमा ४० हजार ८ सय ९७ मत खसेको थियो ।
