। प्रारम्भिक मतपरिणामअनुसार लुम्बिनी प्रदेशको प्यूठानमा एमालेका सूर्य थापा ६९ मतसहित पाँचौँ स्थानमा रहेका छन् ।
काठमाडौँ — प्रतिनिधिसभा चुनावको नतिजा आउने क्रम जारी रहेको छ । अधिकांश स्थानमा रास्वपा अगाडि रहेको छ । प्रारम्भिक मतपरिणामअनुसार लुम्बिनी प्रदेशको प्यूठानमा एमालेका सूर्य थापा ६९ मतसहित पाँचौँ स्थानमा रहेका छन् ।
पछिल्लो अपडेटअनुसार रास्वपाका सुशान्त वैदिक ५०५ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा छन् । राजमोका तिलकबहादुर जीसी तेस्रो र नेकपाका कृष्णध्वज खड्का चौथो स्थानमा रहेका छन् ।
