गुल्मीका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरू

बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान १० बजेदेखि मतगणना गर्ने निर्णय भए पनि केही ढिला ११:१५ बजेदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।

फाल्गुन २२, २०८२

सन्तोष महतारा

Counting of votes begins in both constituencies of Gulmi

गुल्मी — गुल्मीका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरू भएको छ । क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को रेसुंगा बहुमुखी क्याम्पस हलमा मतगणना सुरू भएको हो ।

बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय  बैठकले बिहान १० बजेदेखि मतगणना गर्ने निर्णय भए पनि केही ढिला ११:१५ बजेदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।

क्षेत्र नम्बर १ मा जम्मा ६४ हजार ७८७ मत खसेको छ । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उक्त मत खसेको हो ।  प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यस क्षेत्रमा जम्मा ५३.०२३ प्रतिशत मत खसेको जानकारी दिए । जसमा मत खसालेका महिला मतदाता ३६ हजार २८ जना र पुरुष मतदाता २८ हजार ७ सय ५९ जना रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २२ हजार १८६ जना रहेका थिए । जसमध्ये महिला मतदाता ६२ हजार २ सय ७२ जना र पुरुष मतदाता ५९ हजार ९ सय १४ जना रहेका थिए ।

यस क्षेत्रमा ८३ मतदान स्थलका १ सय ५५ मतदान केन्द्रमा मतदान भएको थियो । यस क्षेत्रमा मत खसाल्ने महिला ५७.८५ प्रतिशत छन् भने पुरुष ४८ प्रतिशत छन् ।

क्षेत्र नम्बर २ जम्मा ५३ हजार ११४ मत खसेको छ । प्रतिनिधिसभा सदस्यका लागि उक्त मत खसेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यस क्षेत्रमा  जम्मा ४९.४७ प्रतिशत मत खसेको जानकारी दिए । जसमध्ये मत खसालेका महिला मतदाता २८ हजार ८ सय ६९ जना, पुरुष मतदाता २४ हजार २ सय ४३ जना र अन्य २ जना रहेका छन् ।

सन्तोष

Link copied successfully