दाङ-२ मा रास्वपा सहमहामन्त्री विपिनको अग्रता, एमाले महासचिव शंकर दोस्रोमा

विपिनले २४४३ मत प्राप्त गर्दा एमाले महासचिव शंकर पोख्रेल १८४९ मतले पछि परेका छन् । पोख्रेलले ५९४ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

दुर्गालाल केसी

RSVP Joint General Secretary Bipin leads in Dang-2, UML General Secretary Shankar in second

दाङ —  प्रतिनिधिसभा सदस्य निर्वाचनको दाङ क्षेत्र नं. २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले अग्रता कायम गरेका छन् ।

उनले २४४३ मत प्राप्त गर्दा एमाले महासचिव शंकर पोख्रेल १८४९ मतले पछि परेका छन् । पोख्रेलले ५९४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका किरणकिशोर घिमिरेले ३९० र नेकपाका निर्मल आचार्यले २१८ मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा ३६ हजार १ सय १९ पुरुष, ४६ हजार ५ सय ७ महिला गरी ८२ हजार ६ सय २६ मत खसेको छ । यो ५८.६१ प्रतिशत हो ।

क्षेत्र नं. २ मा  ६८ हजार ५ सय ५८ पुरुष, ७२ हजार ४ सय ६ महिला र १ अन्य गरी १ लाख ४० हजार ९ सय ६५ मतदाता थिए ।  क्षेत्र नं. २ मा १५ राजनीतिक दल र ८ स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully