२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक त उपप्रधानमन्त्री बनिसकेका छन्
काठमाडौँ — सुनसरी-३ मा कांग्रेसका विजयकुमार गच्छदार निकै पछाडि रहेका छन् । पछिल्लो अपडेटअनुसार गच्छदार ३ सय ७२ मतसहित तेस्रो स्थानमा छन् ।
सुनसरी-१ मा रास्वपा उम्मेदवार अशोककुमार चौधरी १ हजार ३ सय ६६ मतसहित अगाडि छन् । त्यस्तै एमाले उम्मेदवार भगवती चौधरी ४७० मतसहित दोस्रो स्थानमा छिन् । २०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक त उपप्रधानमन्त्री बनिसकेका छन् ।
