मनाङमा जम्मा मतदाता ७ हजार, २ बजेसम्म २९२३ ले गरे मतदान

५ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइने

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Total voters in Manang: 7,000, 2,923 cast their votes till 2 pm

काठमाडौँ — मनाङमा दिउँसो २ बजेसम्म ४१.७५ प्रतिशत मतदान सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार २ बजेसम्म १५६१ पुरुष र १३६२ महिलाले मतदान गरेका छन् । 

मनाङमा कुल मतदाता ७ हजार रहेका छन् । २८ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । प्रजिअ पौड्यालले शुक्रबार बिहानसम्म सबै मतपेटिका सदरमुकाम चामे ल्याइसकिने बताए । उनका अनुसार ५ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ । 

कान्तिपुर

Link copied successfully