मतदानमा सरिक हुँदै कलाकार

मत दिइसकेपछि कलाकारले सामाजिक सञ्जालमा धमाधम तस्बिर सार्वजनिक गर्दैछन्

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Artists participating in voting

काठमाडौँ — अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नं ३ बाट मतदान गरेकी छन् । बुवा बद्री अधिकारीसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै केकीले बाबाछोरीको मत देशको हितमा भन्दै स्टाटस लेखेकी छन् । 'देशको हितमा बाबाछोरीको मत,'केकीले लेखेकी छन् । 

अभिनेत्री लक्ष्मी बर्देवाले पनि देश परिवर्तनका लागि मत दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्,'मेरो मत देश परिवर्तनका लागि ।' लक्ष्मी रास्वपाको केन्द्रीय सदस्यसमेत हुन् । अभिनेता विपिन कार्कीले पनि मतदान सम्पन्न भन्दै तस्बिर सार्वजनिक गरेका छन् । विपिन मतदानकै लागि काठमाडौंबाट मोरङ पुगेका थिए । उनले मोरङ क्षेत्र नम्बर ४ बाट मतदान दिएका हुन् । 

अभिनेत्री नीति शाहले पनि 'सबैभन्दा प्यारो मेरो देश नेपाल'भन्दै मतदानपछिको तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

Artists participating in voting

हास्यकलाकार जीतु नेपालले पनि परिवारसहितको तस्बिर सार्वजनिक गर्दै मतदान दिएको जानकारी गराएका छन् । 'पहिलो कुरा अबदेखि बीच–बीचमा बारम्बार भोट हालिरहनुपर्ने अवस्थाको अन्त्य होस् ।नेताहरूको काम बारम्बार भोट मागिरहने र जनताको काम भोट हालिरहने मात्र नहोस,'उनले लेखेका छन्,'दोस्रो कुरा यस निर्वाचनबाट बन्ने सरकारले अब हुने निर्वाचन उच्च प्रविधियुक्त इलेक्ट्रोनिक प्रणालीबाट गरिने र एकै दिनमा नतिजा आउने व्यवस्था गरिनेछ भनेर स्पष्ट घोषणा गरोस जनताहरूलाई देशमा भएको विकास त्यहीबाट महसुस होस ।यसका लागि हाम्रै यहाँ अध्ययनरत र सक्षम इन्जिनियरहरूलाई छनोट गरी जिम्मेवारी र रोजगारी दिइयो भने उनीहरूले अवश्य सफलतापूर्वक सम्पन्न गर्नेछन् ।' चुनावकै लागि उनी छायांकनस्थलबाट काठमाडौं क्षेत्र नं. २ मा आएर भोट हालेका हुन् ।

कान्तिपुर

Link copied successfully