एजेन्ट बस्ने विषयको विवादले दोलखाको मालुमा मतदान रोकियो 

सर्वदलीय बैठक बसेर मतदान पुनः गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ

फाल्गुन २१, २०८२

केदार शिवाकोटी

Voting halted in Malu, Dolakha due to dispute over agent residence

काठमाडौँ — दोलखाको तामाकोसी गाउँपालिका–४ मालु मतदानस्थलमा एजेन्ट बस्ने विषयलाई लिएर मतदान कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि झडप भएको छ ।

प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले यहाँ मतदान रोकिएको छ ।

सर्वदलीय बैठक बसेर मतदान पुनः गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

केदार

Link copied successfully