सिरहामा २ घण्टामा १५ प्रतिशत मतदान

सुरुवाती चरणकै दुई घण्टामा १५ प्रतिशत हाराहारी मतदान हुनु सकारात्मक रहेको जिल्ला निर्वाचन आयोग सिरहाका प्रमुख राजन श्रीवास्तवले बताए ।

फाल्गुन २१, २०८२

विनय आजाद

15 percent voting in Siraha in 2 hours

सिरहा — सिरहामा १५ प्रतिशत मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ९ बजेसम्म १५ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।

सुरुवाती चरणकै दुई घण्टामा १५ प्रतिशत हाराहारी मतदान हुनु सकारात्मक रहेको जिल्ला निर्वाचन आयोग, सिरहाका प्रमुख राजन श्रीवास्तवले बताए ।

यसपालिको मतदान प्रक्रिया सहज भएको प्रतिक्रिया दिएका छन् । चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालय मतदान केन्द्रमा भेटिएका बासुदेव यादवले भने, ‘अघिल्लो चुनावको तुलनामा यसपालि सहज छ, शान्तिपूर्ण छ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully