निर्वाचनका कारण काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सका मात्र दुई उडान

नागरिक उड्डयन कार्यालय गौचरद्वारा सार्वजनिक आन्तरिक उडान तालिकाअनुसार बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयर, सीता एयर र समिट एयरले आज कुनै पनि उडान सञ्चालन गरेका छैनन्।

फाल्गुन २१, २०८२

सुरज कुँवर

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

काठमाडौँ — जारी संसदीय निर्वाचनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयमा बिहीबार सुगम भेगका लागि आन्तरिक उडान शून्य भएका छन्। आज नेपाल वायुसेवा निगमका मात्र दुई उडान सञ्चालन भएका छन्।

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

नागरिक उड्डयन कार्यालय गौचरद्वारा सार्वजनिक आन्तरिक उडान तालिकाअनुसार बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयर, सीता एयर र समिट एयरले आज कुनै पनि उडान सञ्चालन गरेका छैनन्। नेपाल एयरलाइन्सले भने दुई उडान गरेको छ।

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार नेपाल एयरलाइन्सले आज बिहान काठमाडौं–भोजपुर–काठमाडौं उडान सम्पन्न गरिसकेको छ। निगमको ट्विनअटर विमानले अब काठमाडौंबाट रुकुम उडान भर्नेछ। त्यसपछि रुकुमबाट नेपालगञ्ज जानेछ। नेपालगञ्जबाट हुम्ला उडान गरी पुनः नेपालगञ्ज फर्किएर आजका लागि त्यहीँ ‘नाइट स्टप’ गर्ने तालिका रहेको ती अधिकारीले जानकारी दिए।

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ३०० आन्तरिक हवाई आवागमन हुने गरे पनि निर्वाचनका कारण आज उडान संख्या अत्यन्त न्यून रहेको छ। वायुसेवा सञ्चालक संघका अनुसार यात्रुहरूको बुकिङ नै नभएपछि निजी वायुसेवाले सबै उडान रद्द गरेका हुन्।

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

Only two Nepal Airlines flights at Kathmandu Airport due to election

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully