परिणामका हिसाबले पनि यो निर्वाचन ऐतिहासिक हुन्छ : रवि लामिछाने

परिणामका हिसाबले समेत यो निर्वाचन ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको लामिछानेले बताए ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

This election will be historic in terms of results too: Ravi Lamichhane

काठमाडौँ — रास्वपाका सभापति रवि लामिछानेले परिवर्तनका लागि स-साना भाइबहिनीरुले दिएको बलिदानपछि निर्वाचन तय भएकाले अलग्गै भावना आएको बताएका छन् । 

दुखद् घटनाले देखाउन खोजेको सुन्दर भविष्यका लागि भएको यो निर्वाचन आफैंमा फरक रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ यो पटक ठूलो परिवर्तनको सम्भावना छ । सुरुवाती चरणमा छौं,’ उनले भने, ‘सकरात्मक भावना आएको छ ।’

परिणामका हिसाबले समेत यो निर्वाचन ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको लामिछानेले बताए । 

‘इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ, जहाँ परिवर्तनका लागि स-साना भाइबहिनीहरुले बलिदानी दिएका छन्,’ उनले भने, ‘चुनाव आफैंमा फरक हो । इतिहासले यो अवसर दिँदैन । त्यसैले सबैले आफ्नो मतदानको अधिकार प्रयोग गरौं ।’

जेन–जी आन्दोलनको जायज मागलाई सबैभन्दा बढी सम्बोधन गर्न विभिन्न पक्षसँग लिखित सहमति गर्ने पार्टी नै रास्वपा रहेको उनले दाबी गरे । साथै सबैभन्दा बढी जेनजी उम्मेदवार भएको पार्टी समेत रास्वपा रहेको उनको भनाइ छ । न्याय गर्ने सक्ने पार्टी नै रास्वपा रहेको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully