सर्लाही-४ : जब्दी मतदान केन्द्रमा विवाद, मतदान स्थगन

जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले सहयोगीले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको हो।

फाल्गुन २१, २०८२

राजेश मिश्र

Sarlahi-4: Dispute at Jabdi polling station, voting postponed

सर्लाही — सर्लाही-४ अन्तर्गत बलराको जब्दी मतदान केन्द्रमा मतदान स्थगन भएको छ ।

जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले सहयोगीले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको हो। प्रजिअ रामुराज कडरिया मतदान केन्द्रमा छन् । मतदान सञ्चालनका  लागि छलफल चलिरहेको छ । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully