सोमबार दिक्तेल बजारमा आयोजित घरदैलो कार्यक्रमका क्रममा हरि रोकाले ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण मन्त्रालय आवश्यक रहेको बताएका हुन् ।
खोटाङ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हरि रोकाले ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण विकास मन्त्रालय आवश्यक रहेको बताएका छन् । सोमबार दिक्तेल बजारमा घरदैलो कार्यक्रमका क्रममा उनले ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण मन्त्रालय आवश्यक रहेको बताएका हुन् ।
‘हाम्रो देशमा सहर विकासमा मात्र ध्यान गएको छ, ग्रामीण क्षेत्रको विकास गर्नुपर्छ भन्ने विषयमा राज्यको ध्यान गएको छैन,’ रोकाले भने, ‘जबसम्म ग्रामीण क्षेत्रको विकास हुादैन तबसम्म मुलुकको विकास सम्भव छैन ।’
ग्रामीण क्षेत्रको विकास भयो भने मात्रै बसाइ सराइ रोकिने रोकाको भनाइ छ । यसका लागि शिक्षा, स्वास्थ्यजस्ता विषयमा परिवर्तन हुनु पर्ने, गाउँमै रोजगारी सिर्जना गर्नु पर्ने रोकाले सुनाए ।
ग्रामीण क्षेत्रको विकासका लागि समाजवाद उन्मुख आर्थिक प्रणाली आवश्यक रहेको रोकाको भनाइ छ । यसका लागि आफूलाई जिताउन रोकाले आग्रह गरे ।
‘ग्रामीण क्षेत्रको विकासका लागि विद्यमान आर्थिक प्रणालीबाट सम्भव छैन, त्यसका लागि समाजवाद उन्मुख आर्थिक प्रणाली आवश्यक पर्छ,’ रोकाले भने, ‘त्यसैले मेरो उम्मेदवारी हो, यसमा तपाईहरूको अमूल्य मत आवश्यक छ, मलाई जिताउनु भयो भने समाजवाद उन्मुख आर्थिक प्रणालीका लागि म लड्ने छु ।’
