सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनायो : रवि लामिछाने

उनले भने, ‘हामीले मागी खाने देश बनाउने होइन, गरी खाने देश बनाउने हो ।’

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Singha Durbar was burned because it became a den of corruption: Ravi Lamichhane

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आफूहरूसँग कोही त्रसित हुन नपर्ने बताउँदै आफूहरूले सुशासनको मानक खडा गर्ने दाबी गरेका छन् । उनले भने, ‘हामीले मागी खाने देश बनाउने होइन, गरी खाने देश बनाउने हो ।’ चितवनमा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भदौ २३ र २४ मा पहिला गोली चलेको अनि सिंहदरबार जलेको बताए । उनले भने, ‘सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनायो ।’

उनले बाबु र बाजेको पार्टी कहीँ नजाने भन्दै पुराना दललाई सत्ताबाट निष्क्रिय बनाउनुपर्ने बताए । उनले चितवनले परिवर्तनको विगुल फुकेको बताउँदै भने, ‘अब चितवनले यसलाई टुंगोमा पनि पुर्‍याउनेछ ।’ उनले आउने दिनको परिकल्पना गर्दै आफुहरुलाइ मत दिन आग्रह पनि गरे । 

कान्तिपुर

Link copied successfully