निर्वाचन आचारसंहिता कडाइपूर्वक लागू गर्न निर्वाचन आयोगलाई नेकपाको आग्रह

नेकपाका निर्वाचन प्रचार संयोजक अग्नि सापकोटाले भने, ‘निर्वाचन आयोगलाई कडाइपूर्वक आचारसंहिता लागू गर्न आग्रह गर्दछौं । यसका साथै प्रेस काउन्सिललाई समेत आचारसंहिताको निश्पक्षताका साथ अनुगमन गर्न अपिल गर्दछौं ।’

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

NCP urges Election Commission to strictly implement election code of conduct

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  निर्वाचन आचारसंहिता कडाइपूवर्वक लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । निर्वाचनका सन्दर्भमा मंगलबार पत्रकार सम्मेलन गरी नेकपाले आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर हुन आयोगलाई आग्रह गरेको हो ।

‘निर्वाचन आचारसंहिता उल्लंघन भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । केही सिमित संचारमाध्यामहरू पत्रकारिताको न्युनतम मान्यता र पत्रकार आचारसंहित विपरित भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर गरिरहेका छौं । यसप्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँदछ,’ नेकपाका निर्वाचन प्रचार संयोजक अग्नि सापकोटाले भने, ‘निर्वाचन आयोगलाई कडाइपूर्वक लागु गर्न आग्रह गर्दछौं । यसका साथै प्रेस काउन्सिललाई समेत आचारसंहिताको निश्पक्षताका साथ अनुगमन गर्न अपिल गर्दछौं ।’

नेकपाले निर्वाचन बिथाल्ने शक्ति पनि सक्रिय भएको आरोप लगाएको छ । ‘निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय छन् । निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहीन वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले प्रभावकारी भूमिका निभाउनुपर्छ । आयोगले विगतझैं भूमिका निर्भाह गर्नेछ भन्ने विश्वास छ,’ सापकोटाले भने, ‘स्थायित्व र समृद्धिको पक्षमा उभिन मतदातामा आग्रह गर्दछौं ।’

'नेकपा पहलिो पार्टी बन्छ' 

नेकपाका नेता अग्नप्रिसाद सापकोटाले आसन्न प्रतनिधिसिभा नर्विाचनम आफ्नो पार्टी पहिलाे हुने दाबी गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभरबाट उत्साहजनक रिपाेर्ट आएकाले पहिलाे पार्टी हुने आधार तयार भएको बताए ।'हामीले आएका रपिोर्टबारे छलफल गर्‍यौ । नर्विाचनमा हाम्रो पहलिो पार्टी बन्छ भन्ने रपिोर्ट आएको छ, ’ उनले भने ।

कान्तिपुर

Link copied successfully