पश्चिम नवलपरासीमा प्रलोपाको समर्थन विनोद चौधरीलाई 

प्रलोपाका उम्मेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

फाल्गुन ४, २०८२

नवीन पौडेल

Pralopa's support for Binod Chaudhary in West Nawalparasi

परासी — पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रेग्मीले आफू चुनावी मैदानबाट अलगिएको बताउँदै फागुन २१ को आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले आफ्ना कार्यकर्ता र समर्थकलाई आफूले उम्मेदवारी त्यागेको र नेपाली कांग्रेसलाई समर्थन गरेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका छन् । 

२०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा रहेको भन्दै उम्मेदवारी त्यागेको घोषणा गरेका हुन् । यस क्षेत्रमा २०७९ मा कांग्रेसले चुनाव जितेको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully