प्रतिनिधिसभा निर्वाचन : घोषणापत्र बुझाउने दल ३०, नबुझाउने ३८

कांग्रेस र एमालेलगायतका ठूला दलले नै घोषणापत्र नबुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

House of Representatives election: 30 parties submit manifestos, 38 do not

What you should know

काठमाडौं — प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान गर्न १६ दिन बाँकी रहँदा जम्मा ३० दलले मात्रै निर्वाचन आयोग र कार्यालयहरूमा घोषणापत्र बुझाएका छन् । ६८ दलले प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन दर्ता गरे पनि आधाभन्दा कमले मात्रै घोषणापत्र बुझाएका हुन् । 

कांग्रेस र एमालेलगायतका ठूला दलले नै घोषणापत्र नबुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । उनका अनुसार हालसम्म बुझाउने ३० र नबुझाउने ३८ दल छन् । 

नेकपा, राप्रपा र जसपालगायत दलले यसअघि नै सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् । 

निर्वाचन आयोगले चुनाव प्रसारप्रसार समय गर्ने समय तालिका अगाडि नै दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन गरेको थियो । तर, उक्त समय पार गरिसके पनि दलहरूले नबुझाएका हुन् । 

एमाले, कांग्रेस, रास्वपालगायतले अझै चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । रास्वापले करारपत्र भनि आंश‌िक प्रतिबद्धतापत्र भने बझाएको छ । नबुझाउनेमा एमाले र कांग्रेसले बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् । 

निर्वाचन आयोगले ३ फागुनभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएको थियो । एमालेले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा र कांग्रे‌सले सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र बनाइरहेको छ । 

यी हुन् घोषणापत्र बझाउने 

राष्ट्रिय प्रजतन्त्र पार्टी 
नेपाल कम्युनिष्ट पार्टी 
राष्ट्रिय जनमोर्चा नेपाल
जनता समाजवादी पार्टी, नेपाल 
संयुक्त नागरिक पार्टी 
नेपाल जनता संरक्षण पार्टी 
नागरिक उन्मुक्ती पार्टी नेपाल 
त्रिमुल नेपाल पार्टी 
मंगोल नेशनल अर्गनाइजेसन 
नेपाल जनता पार्टी 
राष्ट्रिय परिवर्तन पार्टी 
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
राष्ट्रिय मुक्ती आन्दोलन, नेपाल 
नेशनल रिपब्लिक नेपाल 
नेपाल संघीय समाजवादीसमेत (एकल चुनाव चिन्ह बस)
राष्ट्रिय मुक्ती पार्टी 
नेपाली कम्युनिष्ट पार्टी (माओवादी) 
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त )
राष्ट्रिय जनमुक्ती पार्टी 
उज्यालो नेपाल पार्टी 
नागरिक सर्वोच्चता पार्टी 
नेपाल मजदुर किसान पार्टी 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 
जनादेश पार्टी नेपाल 
जय मातृभूमि पार्टी 
नेपालका लागि नेपाली पार्टी 
नेपाल मातृभूमि पार्टी 
जनता समाजवादी पार्टी
गतिशील लोकतान्त्रिक पार्टी
आम जनता पार्टी

कान्तिपुर संवाददाता

Link copied successfully