रास्वपासँगको १२ दिने सहकार्य, एक नराम्रो दुर्घटना : कुलमान घिसिङ

घिसिङले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडकभडकमा लाग्नु दुःखद् भएको बताए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

12 days of collaboration with Rashtriya Swayamsevak Sangh (RSS), a bad accident: Kulman Ghising

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् । उनले १२ दिने सहकार्यलाई एक नराम्रो दुर्घटनाको रूपमा स्मरणसमेत गरे ।

घिसिङले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडकभडकमा लाग्नु दुःखद् भएको बताए । उनले भने, ‘अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ । अरू पार्टी यस दलमा मिसिन सक्छन्, तर हामी मिसिँदैनौँ ।’

घिसिङले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धिबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिरसमेत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully