गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपानेको उम्मेदवारी दर्ता

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको गोरखा–२ बाट यसपटक न्यौपानेले टिकट पाएका हुन् ।

माघ ६, २०८२

हरिराम उप्रेती

गोरखा — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गोरखा–२ मा लेखनाथ न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

न्यौपानेको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेकी छन् । 

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको गोरखा–२ बाट यसपटक न्यौपानेले टिकट पाएका हुन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully