कपिलवस्तु २ मा नेकपाबाट बृजेश गुप्ताको मनोनयन

गुप्ता दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए।

माघ ६, २०८२

मनोज पौडेल

कपिलवस्तु — नेकपा एमालेबाट अलग भएर बसेका बृजेशकुमार गुप्ताले नेपाली कम्युनिष्ट पार्टीबाट मनोनयन दर्ता गराएका छन् ।

तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका हुन् । 

गुप्ता दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully