उनले भने, 'यसपटक भने ३४ लाख मधेशी मतदातामध्ये ६० प्रतिशतभन्दा बढी मत पार्टीले पाउने आशा छ।'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्ने दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरमा आयोजना गरेको सभामा बोल्दै उनले भने, 'हामीमाथि प्रतिपक्षीले विभिन्न आरोप लगाउँछन्। कतै रास्वपा संघीयताको विरोधी त होइन ? मधेश प्रदेश र सुदूरपश्चिमलाई माया गर्दैन कि भन्ने प्रश्न उठाइन्छ। आज यहाँ तपाईंहरूले दिएको अपार मायाले त्यसको जवाफ दिएको छ। यो दल पहिलो बन्दैछ।'
उनले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट पार्टीले समानुपातिकतर्फ एक लाखभन्दा कम मत पाएको स्मरण गराए।
'राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो पटक एक लाखभन्दा कम मत पाएको रहेछ,' उनले भने, 'यसपटक भने ३४ लाख मधेशी मतदातामध्ये ६० प्रतिशतभन्दा बढी मत पार्टीले पाउने आशा छ।'
