यी हुन् समानुपातिक बन्दसूचीका उम्मेदवार [सूचीसहित]

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

These are the candidates for the proportional closed list [with list]

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । 

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

यस्तो छ समानुपातिक उम्मेदवारहरुको बन्दसूची :

कान्तिपुर

Link copied successfully