रोल्पामा एमालेले गोकुल घर्तीमगरलाई बनायो उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री वर्षमान पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने यसै क्षेत्रमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्।

माघ ४, २०८२

काशीराम डाँगी

UML has nominated Gokul Gharti Magar as its candidate in Rolpa.

रोल्पा — फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले गोकुल घर्ती मगरलाई  रोल्पाबाट उम्मेदवार बनाउने भएको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य घर्तीमगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीको जिल्ला इन्चार्जसमेत रहेका युवा नेता घर्तीमगर पूर्वसांसद समेत हुन्।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी दुई अवधि केन्द्रीय सदस्य थिए भने एक अवधि पोलिट्ब्युरो सदस्य थिए। उनी प्रत्यक्षतर्फका अघिल्लो निर्वाचनमा पराजित उम्मेदवार हुन्।

नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री वर्षमान पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने यसै क्षेत्रमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully