रास्वपाले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि कञ्चनपुर-३ बाट ज्ञानेन्द्र महतालाई टिकट दिएको हो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपाले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि कञ्चनपुर-३ बाट महतालाई टिकट दिएको हो ।
महताले आफूलाई उम्मेदवार बनाएको जानकारी दिएका छन् । उनलाई आइतबार साँझ टिकट दिइएको हो । 'राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई कञ्चनपुर क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको रूपमा टिकट प्रदान गरेर व्यक्त गर्नुभएको विश्वास र जिम्मेवारीप्रति म हृदयदेखि आभारी छु,' महताको भनाइ छ ।
आफू कञ्चनपुर क्षेत्र नम्बर-३ का जनताको भरोसा, अपेक्षा र सपनालाई आत्मसात गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका लागि इमानदारीपूर्वक अघि बढ्ने महताले प्रतिबद्धता व्यक्त गरेका छन् ।
