थापा र देउवा दुवै समूहले निर्वाचन आयोगसमक्ष आफू आधिकारिक रहेको दाबी पेस गरेका छन्।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा निर्वाचन आयोग जाने भएका छन्।
विशेष महाधिवेशनलगत्तै थापा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थिए।
थापा पक्ष पुगेको भोलिपल्ट अर्थात् शुक्रबार बिहान कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए। थापा पक्षका एक नेताका अनुसार चुनाव चिह्नलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोग जान लागिएको हो। उक्त छलफलमा सबै केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
थापा र देउवा दुवै समूहले निर्वाचन आयोगसमक्ष आफू आधिकारिक रहेको दाबी पेस गरेका छन्। शुक्रबार बिहान आयोग पुगेका देउवा पक्षका नेताहरूले आफूहरूले कुनै महाधिवेशन नगरेको दाबी गर्दै गगन थापा पक्षले पेस गरेको निवेदन स्वीकार नगर्न अनुरोध गरेका थिए।
सम्बन्धित समाचार
विशेष महाधविशेनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा
