विशेष महाधिवेशनको पक्षमा उभिन आग्रह गर्दै थापाले पार्टीलाई सही दिशामा लैजान यो ऐतिहासिक कदम भएको बताए ।
काठमाडौँ — विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले विशेष महाधिवेशनको पक्षमा उभिएर आएको भन्दै कुनै पनि प्रतिनिधिको शिर ननिहुरिने बताएका छन् ।
विशेष महाधिवेशनको हलबाट सम्बोधन गर्दै थापाले भने, ‘अब तपाईंहरूले सोच्ने बेला आएको छ । जब तपाईं घर फर्कनुहुन्छ, भन्नुहोस्— गगन र विश्वले आयोजना गरेको विशेष महाधिवेशनको पक्षमा उभिएर आएको हुँ । त्यसो भन्दा तपाईंहरूको शिर कहिल्यै ननिहुरिनेछ ।’
थापाले विशेष महाधिवेशन पार्टीलाई सही दिशामा अघि बढाउने ऐतिहासिक कदम भएको उल्लेख गर्दै प्रतिनिधिहरूलाई आत्मविश्वासका साथ निर्णय लिन आग्रह गरे ।
